कांग्रेस विधान मस्यौदा समिति विस्तार : चार सदस्य र एक सदस्य-सचिव मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ विस्तार गर्दै थप सदस्य र सदस्य-सचिव मनोनीत गरेका छन्।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सो समितिमा सभापति थापाले चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य-सचिवका रूपमा मनोनयन गरेका हुन्।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्ति अनुसार समितिको सदस्यमा केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुसुमदेवी थापामगर र अञ्जु झा मनोनीत भएका छन्। यस्तै, समितिको सदस्य-सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ।
पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न यो समिति गठन गरेको हो।


