विपत्तिमा सरकार–प्रतिपक्षको आँखाले होइन, राष्ट्रिय एकताको भावले हेर्नुपर्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको दृष्टिकोणबाट नभई राष्ट्रिय एकताको भावनाबाट अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गरे ।

उनले विपत्तिको समयमा राज्यले भग्नावशेषमा हराएका नागरिकको खोजी तथा उद्धार गरिरहेको भन्दै यस्तो संवेदनशील अवस्थामा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता प्रशंसनीय रहेको बताए ।

प्रतिकूल मौसम र सडक अवरोधका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर घटनास्थलमा पुगेर गरिरहेको कामको पनि उनले उच्च प्रशंसा गरे ।

‘हवाई उद्धारको यति ठूलो र व्यवस्थित प्रयास यसअघि विरलै देख्न पाइएको थियो,’ लामिछानेले भने, ‘विपत्ग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिएको छ ।’

लामिछानेले विपत्तिका बेला समेत केही क्षेत्रबाट भइरहेको राजनीतिक खिचातानीप्रति असन्तुष्टि जनाए । अहिलेको समय राजनीतिक आरोप–प्रत्यारोप गर्ने नभई नागरिकको जीवन जोगाउने र भविष्यमा यस्ता विपत्ति दोहोरिँदा क्षति कम हुने गरी बलिया संरचनाको खाका तयार गर्ने समय भएको उनको भनाइ थियो ।

‘अझै पनि कसलाई कसरी तल खसाल्ने भन्ने खेलमा केही मानिसहरू राजनीतिक रोटी सेक्न लागिपरेका छन्,’ उनले भने, ‘अहिलेको समय राजनीति गर्ने होइन, नागरिक बचाउने र भविष्यमा यस्ता विपत्ति भोग्न नपरोस् भनेर बलिया संरचनाको खाका कोर्ने हो ।’

सभापति लामिछानेले विपत्तिको कठिन घडीमा राज्यका संयन्त्र र नागरिक समाज एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरिरहेको कामलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।