झापा र सुनसरीबाट १० लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

विराटनगर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

भदौ २५ गते गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले शिवसताक्षी नगरपालिका–१० फाल्गुनन्द चोकबाट प्रदेश ३–०१–०२३ च २४७५ नम्बरको मारुती कार्गो (इको) भ्यानसहित विभिन्न प्रकारका कपडा बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानको मूल्य ९ लाख २९ हजार १ सय रुपैयाँ रहेको छ। प्रहरीले भ्यान चालक भद्रपुर नगरपालिका–५ का ३० वर्षीय राकेश लिम्बूलाई नियन्त्रणमा लिएको छ। बरामद सामान र चालकलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सीतागञ्ज, सुनसरीबाट खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–२ बाट भन्सार छली गरी ल्याइएको कुर्ता–सुरुवाललगायतका सामान बरामद गरेको छ।

प्रहरीका अनुसार प्र.१–०४–००१ प ९३३२ नम्बरको मोटरसाइकलमा ल्याइएको उक्त सामानको मूल्य १ लाख ३२ हजार रुपैयाँ बराबर रहेको छ।

दुवै स्थानबाट बरामद सामानको कुल मूल्य १० लाख ६१ हजार १ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।