अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं, २७ भदौ । लगातारको वर्षा, बाढी र पहिरोका कारण बागमती तथा कर्णाली प्रदेशका मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशका विभिन्न स्थानमा मुख्य सडकहरू पूर्ण रूपमा अवरुद्ध हुनुका साथै केही खण्डमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। सोही राजमार्गको बेनीघाट रोराङ-१० जवाङखोला र शितलबजार क्षेत्रमा भने पहिरो पन्छाएर एकतर्फी यातायात खुलाइएको प्रहरीले जनाएको छ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घट्टेखोलामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा आएको बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड पूर्ण ठप्प छ भने नुवाकोटको बेत्रावती-१० सिमटारको बाढीले पासाङ ल्हामु सडक खण्डमा आवागमन बन्द गराएको छ।

टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका-८ घट्टेखोला क्षेत्रमा बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्गको काभ्रे खण्ड (खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी) मा भने अवस्था हेरेर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्न अनुमति दिइएको छ।

उता कर्णाली प्रदेशअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ गगने खोलामा ठूलो पहिरो खसेकाले कर्णाली राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पहिरो पन्छाउने कार्य जारी रहेकाले सडकको अद्यावधिक अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।