परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन

धादिङ, २७ भदौ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको परेवाटार–मास्टार सडक खण्डमा आजदेखि निश्चित समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ।

सडक साँघुरो भएका कारण दुवै तर्फबाट एकैपटक सवारी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले समय तोकेर एकतर्फी यातायात सञ्चालनको व्यवस्था मिलाएको हो।

जिल्ला प्रशासनका अनुसार बिहान ६:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ आउने सवारीसाधन सञ्चालन हुनेछन्। धादिङबेंसीतर्फ आउने सवारीसाधनले दिउँसो १२:०० बजेभित्रै मास्टारको पुल पार गरिसक्नुपर्नेछ।

त्यसैगरी, दिउँसो १:०० बजेदेखि साँझ ७:०० बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीसाधनले भने साँझ ७:०० बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने नियम बनाइएको छ।

तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको अवधिमा धादिङबेंसीबाट सुनौलाबजार, फोस्रेटार र केउरिनी हुँदै पनि गल्छीतर्फ आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।