विपत्तिमा परेका परिवारलाई सहयोग गर्न ‘सुरताल म्युजिकल टुर’ धनकुटाको हिलेमा

धनकुटा । नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धनसँगै विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले ‘सुरताल म्युजिकल टुर–२०८३’ धनकुटाको हिलेमा हुने भएको छ ।

सुरताल इभेन्ट्सको आयोजनामा हुने सांगीतिक कार्यक्रम असोज १० गते हिलेमा आयोजना गर्न लागिएको हो । ‘मञ्चमा संगीत, विपत्तिमा साथ’ भन्ने नारासहित आयोजना हुन लागेको टुरअन्तर्गत देशका सातै प्रदेशका १३ जिल्लामा सांगीतिक कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवारलाई सहयोग गर्न हिलेमा हुनेसहित टुरअन्तर्गतका कन्सर्टबाट प्राप्त आम्दानीको २० प्रतिशत रकम राहत तथा सहयोगका लागि प्रदान गरिनेछ ।

संगीत मनोरञ्जनको माध्यम मात्रै नभई मानवीय सहयोगको माध्यम पनि बन्न सक्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । कन्सर्टबाट प्राप्त आम्दानीको निश्चित हिस्सा विपद् प्रभावित परिवारका लागि छुट्याउने निर्णयलाई आयोजक टोलीमा सहभागी कलाकार तथा व्यवस्थापन पक्षको साझा प्रतिबद्धताका रूपमा लिइएको छ ।

सुरताल म्युजिकल टुरमार्फत नेपाली संगीत, कला र संस्कृतिलाई देशभर पुर्‍याउने उद्देश्यसमेत राखिएको छ । सांगीतिक यात्रासँगै विपद्मा परेका नेपालीको साथमा उभिने अभियानलाई जोडिएको आयोजकले जनाएको छ ।

‘आजको हाम्रो संगीतले कसैको आँसु पुछ्न सकोस् र आजको हाम्रो योगदानले कसैलाई भोलि फेरि उठ्न सहारा बनोस्‌’ भन्ने भावनासहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

हिलेमा हुने कार्यक्रमले स्थानीय दर्शक तथा संगीतप्रेमीलाई सांगीतिक मनोरञ्जनसँगै सामाजिक अभियानमा सहभागी हुने अवसरसमेत दिने अपेक्षा गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।