नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिने

काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज (मङ्गलबार) पनि ललितपुरको भनीमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बिहान ९:०० बजेदेखि जारी छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रत्येक केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा तथा सुझाव राख्ने कार्यसूची रहेको छ। धारणा राख्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन-तीन मिनेटको समय निर्धारण गरिएको छ।

सोमबार सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो। प्रतिवेदन पेस भएसँगै पहिलो दिनको बैठक स्थगित भएको थियो।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको औपचारिक बैठक बोलाएको हो। यो बैठक आगामी असोज ७ गतेसम्म सञ्चालन हुने पार्टी सचिवालयले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।