उदयपुरमा वेवारिसे अवस्थामा १८२ किलो गाँजा बरामद
उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित भुसुने जंगलबाट प्रहरीले १८२ किलो गाँजा बरामद गरेको छ।
शिखर सामुदायिक वन र गडमे खोलाबीचको ऐलानी जग्गामा रहेको झाडीमा ९ बोरा गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचना पाएपछि प्रहरीले खोजतलास गरेको थियो।
खोजीका क्रममा बेवारिसे अवस्थामा लुकाइराखिएको १८२ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

