त्रिपुरेश्वर बस आगजनीमा घाइते चालक लामाको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेको बसमा आगो लाग्दा गम्भीर घाइते भएका चालक २५ वर्षीय दावा लामाको उपचारका क्रममा निधन भएको छ। काभ्रे स्थायी घर भएका लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति निधन भएको प्रहरीले पुष्टि गरेको छ।

अस्पतालका अनुसार आगलागीबाट चालक लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। सोमबार मध्याह्न करिब १ बजे उद्धार गरी उनलाई तत्काल उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो।

सोमबार दिउँसो त्रिपुरेश्वर चोकस्थित बस स्टपमा ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो। यात्रुहरू ओर्लिसकेपछि चालक लामा आफैँले बसभित्र पेट्रोल छर्की आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रारम्भिक जानकारी अनुसार आगो लगाउनुअघि चालक लामाको ड्यूटीमा रहेका ट्राफिक प्रहरीसँग विवाद भएको थियो।

घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) ले छानबिन समिति गठन गरेको छ। वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतको संयोजकत्वमा गठित उक्त समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएको छ।

छानबिन समितिले ट्राफिक प्रहरी र चालकबीच भएको विवादको कारण तथा आगलागीको मुख्य परिस्थितिबारे सूक्ष्म अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।