धनकुटामा लागूऔषध सहित २१ वर्षीय युवक पक्राउ

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

गत असोज ५ गते साँझ करिब ५ः३० बजे गोप्य सूचनाका आधारमा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–७ चाम्चास्थित एक घरमा खानतलासी गरेको थियो।

सो क्रममा घरकोठाबाट TRAMOL-50 का २९ पत्ता (२९० क्याप्सुल) र SPASPAIN PRO का २९ पत्ता (२९० ट्याब्लेट) बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रहरीले लागूऔषधसहित सोही स्थानका अन्दाजी २१ वर्षीय प्रगत राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।