देशको १३ शहरका सांगीतिक टुर गर्दै प्रकाश सपुत, प्रमोद सहित परम्परा र फिरन्ते,असोज १० मा धनकुटाको हिलेबाट भब्य उद्घाटन

काठमाडौं । गायक ‘प्रकाश सपुत र भाका नेपाल’, ‘प्रमोद र परम्परा ब्याण्ड’ तथा ‘फिरन्ते ब्याण्ड’ले एकसाथ सांगीतिक टुर गर्ने भएका छन् । ‘सुरताल म्युजिकल टुर २०८३’ नाम दिइएको सांगीतिक टुर देशका ७ वटै प्रदेशका १३ प्रमुख शहरहरूमा आयोजना हुने भएको हो ।

यहि असोज १० गते धनकुटाको हिलेबाट सुरु हुने यस सांगीतिक यात्रा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको हो । जसमा दर्शकहरूले नेपाली संगीतका बहुचर्चित हस्तीहरूको लोकप्रिय तथा नयाँ गीतहरुबाट मनोरञ्जन लिन पाउनेछन् । टुरमा कलाकारहरूले दर्शकलाई परम्परागत कन्सर्ट भन्दा भिन्न र अविस्मरणीय अनुभव दिलाउने तयारी गरेका छन् । टुरमा प्रकाश सपुतका चर्चित एवं सन्देशमूलक गीतहरूसँगै प्रमोद र परम्परा ब्याण्ड तथा फिरन्ते ब्याण्डको ऊर्जावान् लाइभ प्रस्तुति रहनेछ । प्रकाश सपुत यस पटक ट्र्याकमा भन्दा पनि भाका नेपाल ब्याण्ड सहित लाइभ प्रस्तुतिमा देखिनेछन्

कार्यक्रमलाई अझ भव्य बनाउन अत्याधुनिक साउण्ड, भव्य लाइट, लाइभ इन्स्ट्रुमेन्ट तथा गीतको भावअनुसार कोरस डान्स र मञ्चीय अभिनयलाई समेत संयोजन गरिने आयोजकले जनाएको छ । दर्शकलाई सांगीतिक माहोलमा बाँधिराख्न कार्यक्रम निशा पन्थीले संचालन गर्नेछिन् ।

यो कार्यक्रम सांगीतिक मनोरञ्जन मात्र नभई कलाकारहरू सामाजिक उत्तरदायित्वमा समेत जोडिएका छन् । कार्यक्रमको खर्च कटाएर हुने सम्पुर्ण आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद् प्रभावित नागरिकको राहत र पुनस्र्थापनाका लागि प्रदान गरिने आयोजकले जानकारी दियो ।

यसअघि पोखराबाट सुरु हुने तयारी गरिएको टुर बाढीका कारण उत्पन्न परिस्थितीका कारण पोखरा र धरानका कार्यक्रम हाललाई स्थगित गरी हिलेबाट सुरु गर्न लागिएको सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारले बताए । उनले भने, ‘यो सांगीतिक अभियान केवल मनोरञ्जनमा सीमित नभई विपद्को समयमा नागरिकसँग एकाकार हुने र नेपाली मौलिक संगीतलाई देशका कुना–काप्चासम्म पु¥याउने साझा संकल्प हो ।’

असोज १० मा धनकुटा (हिले)बाट भब्य उद्घाटन सहित सुरु हुने कार्य १४ गते तेह्रथुम, १७ खाँदबारी, १९बर्दिबासमा पुगेर सकिनेछ । त्यसपछि मंसिर २ गते महेन्द्रनगरबाट सुरु हुने दोस्रो चरणको कार्यक्रम ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा आयोजना हुनेछ । त्यसपछि पोखरा र धरानसँगै कार्यक्रम सकिनेछ ।

देशका विभिन्न भूगोल र दर्शकमाझ नेपाली संगीतको मौलिक सुर र ताल पस्कन कलाकारहरूको टोली पूर्ण तयारी समेत सकिसकेको आयोजकले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।