भारी वर्षाको जोखिमपछि पाख्रीबासका सबै विद्यालय दुई दिन बन्द
धनकुटा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै पाख्रीबास नगरपालिकाले असोज ८ र ९ गते नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगर प्रमुख ज्ञानबहादुर गुरुङले निरन्तर वर्षा र अति भारी वर्षाको पूर्वानुमानका कारण पूर्वसावधानीस्वरूप विद्यालय बन्द गरिएको जानकारी दिएका छन्।
उनले विद्यार्थी, शिक्षक, अभिभावक तथा नगरवासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्।

