श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टिम सेमिफाइनलमा, कम्तीमा कास्य पक्का

काठमाडौं, ८ असोज । श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टिम सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार जापानको आइची नागोयामा जारी २०औं एसियाली खेलकुदमा नेपालको कबड्डी टिमले कम्तीमा कास्य पदक पक्का गरेको छ । 

तोकाई सिटीजन जिम्याजिउममा भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराउँदै पदक पक्का गरेको हो । मानमनी विष्टको कप्तानीमा रहेको नेपाल खेलमा ३४–२५ ले विजयी भयो । 

कबड्डी टिमले लगातार दोस्रो पटक एसियाली खेलकुदमा कास्य पदक पक्का गरेको हो । १९औं एसियाली खेलकुदमा नेपालले कास्य पदक जितेको थियो । यसअघि बुधबार कराँतेका तेञ्जिङ शेर्पाले कुमुते ८४ केजीमाथि पदक कास्य पदक जितेका थिए ।  

नेपाली खेलाडीहरु कप्तान मानमतीसँगै गंगा घिमिरे, जयन्ती बडु, सिर्जनाकुमारी थारु, मीना नेपाली, रविना चौधरीलगायत खेलाडी चम्किएपछि नेपाल खेलमा हाबी भएको थियो । नेपाल पहिलो हाफमा नेपाल १९–१३ को अग्रता बनाउन सफल भयो । दोस्रो हाफमा समेत दबदबा कायम राख्दै नेपाल जित निकाल्न सफल भएको हो । अब सेमिफाइनलमा नेपाल र इरानसँग खेल्नेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖