धनकुटाको साँगुरीगढीमा कक्षा १० का विद्यार्थीलाई मोटिभेसनल क्लास सम्पन्न

धनकुटा, ८ भदौ । धनकुटाकाे साँगुरीगढी गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि एकदिने मोटिभेसनल क्लास सम्पन्न भएको छ ।

साँगुरीगढी गाउँपालिकाको प्रायोजन, घुन्सा फाउण्डेशन काठमाडौंको सहजीकरण तथा गोलखाडी माध्यमिक विद्यालय, साँगुरीगढी–७ को आयोजनामा संचमलन भएको कक्षा सम्पन्न भएकाे हाे । कार्यक्रममा घुन्सा फाउण्डेशनका तर्फबाट प्रशिक्षक याङजोम शेर्पाले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई अध्ययनप्रति सकारात्मक सोचको विकास, लक्ष्य निर्धारण, आत्मविश्वास अभिवृद्धि, अनुशासन, समय व्यवस्थापन तथा आगामी एसईई परीक्षाको प्रभावकारी तयारी लगायतका विषयमा प्रेरणामूलक जानकारी दिनु भएकाे आयाेजक

गोलखाडी माध्यमिक विद्यालयका प्रधानाध्यापक खेलबहादुर इवाहाङले जानकारी दिनु भयाे । कक्षा १० का विद्यार्थीहरूलाई पढाइप्रति थप उत्साहित बनाउने, उनीहरूमा आत्मविश्वास बढाउने र आगामी एसईई परीक्षाका लागि मानसिक रूपमा तयार पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो इवाहाङकाे भनाइ थियाे ।“विद्यार्थीहरूलाई आफ्नो लक्ष्य निर्धारण गरेर निरन्तर मेहनत गर्न, समयको उचित व्यवस्थापन गर्न तथा सकारात्मक सोचका साथ अध्ययनमा अघि बढ्नुपर्ने विषयमा कार्यक्रममार्फत जानकारी दिइयो,” प्रधानाध्यापक इवाहाङले भन्नुभयो, “गाउँपालिकाभित्रका सबै माविका विद्यार्थीलाई एउटै स्थानमा सहभागी गराएर अनुभव तथा प्रेरणा आदानप्रदान गर्ने अवसर पनि यसले प्रदान गरेको छ ।”

कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, विभिन्न शाखाका प्रमुखहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । अनुसार कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा सरोकारवालासहित तीन सयभन्दा बढीको सहभागिता रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।