विराटनगरबाट तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

विराटनगर, असोज १३ गते । मोरङको विराटनगर महानगरपालिका–६ सरौचियाबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट १ बुङ्ग तास र नगद ४८ हजार ३९५ रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा विराटनगर–६ का राजेश कामत, गंगाराम मण्डल र विष्णु कामत, विराटनगर–४ का सत्यनारायण राजवंशी र तोरण यादव, विराटनगर–८ का चन्दन मुखिया, विराटनगर–१४ का बलराम कोइराला तथा धनपालथान गाउँपालिका–६ का साजन राजवंशी रहेका छन्।

पक्राउ परेका उनीहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖