लालबकैया नदीमा डुबेकी महिलालाई इन्स्पेक्टर केसीले जोखिम मोलेर बचाए

रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा डुबिरहेको अवस्थामा एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ।

मंगलबार बिहान करिब ५ः४० बजे माधवनारायण नगरपालिका–१ दिपहीटोलकी करिब ३५ वर्षीया ललिता देवी पासवान लालबकैया नदीमा हाम फालेर डुबिरहेको अवस्थामा स्थानीयले देखेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै मर्निङ वाकमा रहेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरत केसी तत्काल घटनास्थलतर्फ पुगे।

नदीमा महिला डुबिरहेको देखेपछि इन्स्पेक्टर केसीले कुनै सुरक्षा उपकरण वा लाइफ ज्याकेटबिनै नदीमा प्रवेश गरी जोखिम मोलेर उनको उद्धार गरेका थिए। उनले महिलालाई नदीबाट बाहिर निकाली तत्काल सुरक्षित स्थानमा ल्याएका थिए।

उद्धारपछि महिलालाई इलाका प्रहरी कार्यालय मौलापुरमा ल्याइएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र परिवारका सदस्यलाई समेत घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ललिता घरायसी समस्याका कारण मंगलबार बिहान करिब ५ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएकी थिइन्। उनका श्रीमान् काठमाडौंमा कपडा सिलाउने काम गर्दै आएका छन् भने उनीहरूका चार छोरा छन्। घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब चार किलोमिटर पूर्वमा पर्छ।

समयमै स्थानीयबाट सूचना पाउनु र त्यसलगत्तै घटनास्थल पुगेका इन्स्पेक्टर केसीले तत्काल उद्धारका लागि नदीमा प्रवेश गर्नुका कारण महिलाको ज्यान जोगिएको प्रहरीले जनाएको छ। उद्धारका क्रममा स्थानीयवासीले समेत सहयोग गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖