धनकुटामा अलकत्र तताउने क्रममा बिटुमिन डिस्ट्रिब्युटरमा आगलागी
धनकुटा,१४ असोज । धनकुटाको चौबिसे गाउँपालिका–६ धाराचोकस्थित रविराके–भेडेटार सडकखण्डमा अलकत्र तताउने क्रममा बिटुमिन डिस्ट्रिब्युटर गाडीमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बुधबार बिहान १०ः४० बजे निर्माण कम्पनी Apco Infratech Pvt. Ltd. को UP 42 BT 6925 नम्बरको बिटुमिन डिस्ट्रिब्युटर सडकमा रोकी अलकत्र तताउने क्रममा अचानक आगलागी भएको हो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
आगलागीबाट सवारीसाधन पूर्ण रूपमा क्षति भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

