उच्च अदालत विराटनगर धनकुटा इजलासमा बार–बेञ्च बैठक सम्पन्न

धनकुटा,१४ असोज । उच्च अदालत विराटनगरको धनकुटा इजलासमा बार र बेञ्चबीच समन्वय तथा सहकार्यसम्बन्धी बैठक सम्पन्न भएको छ।

आज उच्च अदालत विराटनगर धनकुटा इजलास र अदालत बार एसोसिएसन धनकुटाको आयोजनामा बैठक सम्पन्न भएको हो।

इजलासका मुख्य न्यायाधीश कृष्णलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा न्यायाधीश टंकप्रसाद गुरुङको उपस्थिति रहेको थियो। कार्यक्रममा रजिस्ट्रार शोभाकर खरेलले सहभागीलाई स्वागत गरेका थिए।

बैठकमा अदालत बार एसोसिएसन धनकुटाका अध्यक्ष, पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले न्याय सम्पादनलाई प्रभावकारी बनाउने विषयमा आ–आफ्ना सुझाव तथा धारणा राखेका थिए।

बार र बेञ्चबीच समन्वय, सहकार्य र आपसी समझदारी थप अभिवृद्धि गर्दै न्याय सम्पादनलाई प्रभावकारी, गुणस्तरीय, छिटोछरितो तथा सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाउँदै बैठक सम्पन्न भएको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖