संघीय निजामती विधेयक संसदमा दर्ता, भोलि रातिदेखि चालू अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं, १५ असोज । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गत मंगलबार विधेयक संसद्‌मा लैजान भूमि व्यवस्था, सहकारी, संघीय मन्त्रालयलाई अनुमति प्रदान गरेको थियो ।

मन्त्रालयका तर्फबाट संसद्‌मा लगिएको विधेयक बुधबार दर्ता भएको छ । विधेयक दर्ता भएसँगै अब संघीय निजामती ऐन बन्न बाटो खुला भएको छ । संसदमा छलफल भई पास भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्ने छ ।

संघीय निजामती विधेयकमा पुराना कर्मचारीलाई बिदा गर्दै नयाँ कर्मचारी भर्ना गर्ने बाटो खुलाइएको मात्र छैन, अब ३०–५५ वर्षको व्यवस्थाले पाँच हजारभन्दा बढी कर्मचारी घर फर्किने भएका छन् । संघीय मामिलामन्त्री प्रतिभा रावलले एक महिनादेखि विधेयकमा होमवर्क गरिरहेकी थिइन् ।

यसैबीच, बिहीबार राति १२ बजेदेखि संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर त्यसअनुसार राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।

यसअनुसार सरकारबाट अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो । संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ सालदेखि सुरु भएको हो । चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖