मोरङको बेलबारीमा एक घरबाट लाखौँको गहना र नगद चोरी
बेलबारी । मोरङको बेलबारी नगरपालिका–४ ईमानसिंह चोकस्थित एक घरबाट लाखौँ रुपैयाँ मूल्य बराबरका सुनचाँदीका गहना र नगद चोरी भएको छ।
स्थानीय विष्णुबहादुर तामाङको घरबाट करिब १६ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको सुनका गहना, ४० तोला चाँदीको हार र ७५ हजार रुपैयाँ नगद चोरी भएको परिवारले जनाएको छ।
घरधनीसहित सोही घरको रेखदेख गर्दै आएकी चित्रकुमारी सेन्चुरी गत भदौ १२ गते घरमा ताला लगाएर खेतीको कामका लागि बाहिर गएका थिए। असोज १६ गते घर फर्किएर हेर्दा पछाडिपट्टिको ग्रिल फुटाएर घरभित्र प्रवेश गरी चोरी गरिएको पाइएको हो।
चोरी भएका सामानमा ४ तोला सुनको चुरा, १ तोला सुनको तिलहरी र आठ आना सुनको औँठी रहेका छन्।
घटनाबारे जानकारी पाएपछि विष्णुबहादुरकी छोरी बिमला घिसिङले इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दिएकी छन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाइएको छ।

