सुनसरीमा २ हजार ५६६ किलो गाँजा सहित ट्रक नियन्त्रणमा, ट्रकका चालक र सहचालक पक्राउ

सुनसरी । सुनसरीको इनरुवाबाट प्रहरीले २ हजार ५६६ किलोभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले ट्रकका चालक र सहचालकलाई समेत पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज १८ गते राति करिब ११ः५० बजे इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकी जाँच गरेको थियो।

ट्रकमा बन्दागोपीले छोपेर राखिएको अवस्थामा ८३ बोरा गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो। तौल गर्दा उक्त पदार्थको कुल तौल २ हजार ५६६ किलो ५६० ग्राम रहेको प्रहरीले जनाएको छ।

घटनामा धनकुटाको शहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय ट्रक चालक राजु राई र १८ वर्षीय सन्दिप राईलाई नियन्त्रणमा लिइएको छ।

गाँजा र ट्रकसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖