नेपाल बिमा प्राधिकरण र मोरङ क्याम्पस बीच इन्टर्नसिप र इन्टेलेक्चुअल सम्झौता

विराटनगर । विद्यार्थीलाई कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने उद्देश्यले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर र नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगर बीच इन्टर्नसिप कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीले नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरमा इन्टर्नसिप गर्ने अवसर पाउनेछन् । इन्टर्नसिपमार्फत विद्यार्थीले बीमा क्षेत्रको संस्थागत संरचना, कार्यप्रणाली, नीति, सेवा प्रवाह तथा नियमनका विषयमा प्रत्यक्ष अनुभव हासिल गर्ने अपेक्षा गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले विद्यार्थीले बीमाको बस्तु स्थिती बुझने , भोलीका दिनमा बीमा क्षेत्रमा अनुसन्धान र बीमा का क्षेत्रमा रोजगारीका लागी थप टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा मर्हजनले सम्झौतालाई शिक्षा र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको र यसले विद्यार्थीको व्यावहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै बीमा क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको बताउनुभयो । उहाँले प्राधिकरणले कलेजले गर्ने साथै विषय विज्ञको रुपमा कलेजमा रहेका विध्यार्थीमा बीमाको शिक्षा र सचेतनालाई अगाडि बढाउने उहाँले बताउनुभयो । प्राधिकरणले बीमाको बारेमा आवश्यकता अनुसार विध्यार्थीलाई समय समयमा बीमा सचेतना समेत सञ्चालन गर्ने कुरा सो अवसरमा जानकारी दिईएको थियो ।

महेन्द्र मोरङ्ग आर्दश बहुमुखि क्याम्पसका प्रमुख डा रामावतार शरणले सम्झौताले विद्यार्थीको शैक्षिक विकाससँगै व्यावहारिक दक्षता अभिवृद्धि गर्न यस्ता सहकार्य आवश्यक रहेको बताउनुभयो ।सम्झौता कार्यक्रमले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई अध्ययनकै क्रममा कार्यक्षेत्रको अनुभव दिलाउन सके उनीहरूको क्षमता, आत्मविश्वास र व्यावसायिक दक्षता थप प्रभावकारी हुने प्राध्यापक अच्युत राज कट्टेल बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन हुनुपर्ने साथै बीमा सचेतनाको बृद्धि र बीमा क्षेत्रलाई नियमन गर्दै युवा पुस्तामा बीमासम्बन्धी ज्ञान र चेतना विस्तारलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ । शैक्षिक संस्थासँगको सहकार्यले विद्यार्थीलाई बीमा क्षेत्रका अवसर र चुनौतीबारे नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास प्राधिकरणको छ ।

क्याम्पसका विद्यार्थीका लागि इन्टर्नसिप कार्यक्रमले अध्ययन र रोजगारीको क्षेत्रबीचको दूरी कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसबाट विद्यार्थीले भविष्यमा बीमा, बैंकिङ तथा वित्तीय क्षेत्रमा आफ्नो करियर निर्माणका लागि आवश्यक सीप र अनुभव प्राप्त गर्ने अवसर पाउनेछन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖