कोशी प्रदेशका दुई पहिचानवादी पत्रकार पुरस्कृत
नारायण कुमार राई/धनकुटा,२० असोज।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फनिज कोशी प्रदेशले कोशी प्रदेशमा रहेर पहिचानका क्षेत्रमा क्रियाशील दुई पहिचानवादी पत्रकारहरूलाई पुरस्कृत गरेको छ।
पुरस्कृत हुनेहरूमा रेडियो नेपाल धनकुटामा कार्यरत विष्णुमाया सिं सिंघक र पाँचथरका गणेश साम्पाङ रहनुभएको छ तीन दशकभन्दा लामो समयदेखिको पत्रकारितामा रहनुभएका उहाँहरुलाई आज भेटारमा आयोजित संस्थाको साधारण सभा तथा स्थापन दिवसको अवसरमा पुरस्कृत गरिएको हो।
उहाँहरूलाई जनही नगद १० हजार सहित सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा साँगुरीगाडी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुमदाली राई,राष्ट्रिय समाचार समितिका निवर्तमान जीएम सिद्धराज राई र संस्थाका अध्यक्ष विजयबोध लावतीले सम्मान गर्नुभएको थियो ।
हिजोबाट तीन दिनसम्म सञ्चालन भइरहेको कार्यक्रम भोलि सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।



