धनकुटाको भेडेटारमा दुर्घटनामा परेको स्कार्पियोबाट ३४१ किलो गाँजा बरामद, एक जना पक्राउ

धनकुटा,२१ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३४१ किलो गाँजा बरामद भएको छ। घटनामा शंकास्पद अवस्थामा भेटिएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलवार राति करिब ११ः५५ बजे ढुंगेबाट भेडेटारतर्फ आउँदै गरेको बा.१३ च ६२७५ नम्बरको स्कार्पियो भेडेटारस्थित स्काईवाक नजिकै भित्री सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले गाडी जाँच गर्दा बोरामा प्याक गरी राखिएको ३४१ किलो गाँजा बरामद गरेको हो।

दुर्घटनाग्रस्त गाडीभित्र भने कोही फेला परेनन्। घटनास्थल नजिकै शंकास्पद अवस्थामा रहेका मोरङको विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गाँजा र स्कार्पियोसहित विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖