एनपीएलका लागि त्रिवि क्रिकेट मैदान तयार
काठमाडौं, २२ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीस्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ।
आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएललाई लक्षित गरी मैदान, प्रवेशद्वार, दर्शक व्यवस्थापनलगायतका पूर्वाधार निर्माण तथा सुधारको काम अन्तिम चरणमा पुगेको छ। मैदान परिसरमा केही भौतिक संरचनाका साथै पर्खालको कामसमेत भइरहेको छ ।
एनपिएल सकिएलगत्तै एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता पनि त्रिवि मैदानमै हुने बताइएको छ । त्रिवि क्रिकेट मैदानमा अहिले फ्लडलाइटको समेत व्यवस्था गरिएकाले जुनसुकै समयमा पनि प्रतियोगिता सञ्चालन गर्न मिल्ने भएको छ ।

