राप्रपा कोशी अधिवेशनमा ‘रक्सी र मासु’को विषयले विवाद

तेजन खड्का/दमक, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश समितिको दोस्रो अधिवेशनमा ‘रक्सी र मासु’को विषयलाई लिएर विवाद भएको घटना सामजिक सन्जालमा छताछुल्ल भएको छ । 

झापाको दमक नगरपालिका–८ स्थित कस्मिक पार्टी प्यालेसमा जारी अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार विश्वमोहन थापाले नेतृत्व चयनका क्रममा ‘रक्सी र मासु’को प्रभाव पर्न नहुने आशयको अभिव्यक्ति दिएपछि कार्यकर्ता मदन मगरले आपत्ति जनाएका थिए।

थापाको अभिव्यक्तिले आफूहरूको भावनामा ठेस पुगेको भन्दै मगरले आपत्ति जनाएपछि केहीबेर अधिवेशनस्थलमा भनाभनको अवस्था सिर्जना भएको थियो। विवाद बढेपछि थापाले आफ्नो अभिव्यक्तिप्रति माफी मागेपछि वातावरण सामान्य बनेको र अधिवेशनको प्रक्रिया पुन: अघि बढाइएको जनाइएको छ।

यस क्रममा केही समय अधिवेशनस्थलको माहोल तनावपूर्ण बने पनि सहमति जुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो।

राप्रपा कोशी प्रदेश अध्यक्षका लागि रामकुमार थापा, दुर्गा बस्नेत र विश्वमोहन थापाबीच प्रतिस्पर्धा भएको थियो। प्रकाशित नतिजाअनुसार रामकुमार थापा २७० मतसहित अध्यक्षमा निर्वाचित भएका छन् भने दुर्गा बस्नेतले २३९ र विश्वमोहन थापाले ४० मत प्राप्त गरेका छन्।

यसैबीच,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा निर्वाचित भएका छन् ।

झापाको दमकमा सम्पन्न अधिवेशनमा तीनजना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा थापाले दुई सय ७० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी दुर्गा बस्नेतले दुई सय ३९ तथा अर्का उम्मेदवार विश्वमोहन थापाले ४० मत प्राप्त गरे । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖