मोरङको लेटाङबाट भरुवा बन्दुक सहित एक जना पक्राउ
मोरङ । मोरङको लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका ४५ वर्षीय पूर्ण लावती लिम्बु रहेका छन्। प्रहरीले लिम्बुले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा घर खानतलासी गरेको थियो।
खानतलासीका क्रममा तयारी अवस्थामा रहेको एक थान भरुवा बन्दुक, एक थान दबासवाला बन्दुक, हातहतियार निर्माण गर्ने आरन तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जा बरामद गरिएको प्रहरीले जनाएको छ।
लिम्बुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लेटाङमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

