धनकुटामा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु

धनकुटा । धनकुटामा स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम आजदेखि सुरु भएको छ।

जिल्ला समन्वय समिति धनकुटाको सभाहलमा सुरु भएको दुईदिने समीक्षा कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तह, संघ तथा प्रदेशस्तरीय सरकारी कार्यालय र जिल्लास्थित विभिन्न संघसंस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका बजेट, योजना तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै छलफल भइरहेको छ।

कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै राईले देश हिजो पनि उस्तै र आज पनि उस्तै भएको भन्दै जनताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जनप्रतिनिधिले परिवर्तनको अनुभूति हुने गरी काम गर्नुपर्ने बताउँदै वार्षिक प्रगति प्रतिवेदन तयार गर्दा तथ्यांकलाई यथार्थ र स्पष्ट रूपमा प्रस्तुत गरी आगामी योजना निर्माण गर्न सुझाव दिनुभयो।

यस्तै, पूर्वराज्यमन्त्री तथा प्रदेशसभा सदस्य निरन राईले संघीयताको अभ्यास भएको करिब १० वर्ष पुग्न लागेकाले जनताको चाहना र भावनाअनुसार काम भए–नभएको तथा स्थानीय तहमा कस्ता परिवर्तन ल्याउन सकियो भन्ने विषयमा तीनै तहका सरकारको समीक्षा गर्ने समय आएको बताउनुभयो।

कार्यक्रममा चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली, सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले स्थानीय तहमा समयमै योजना तथा बजेट कार्यान्वयन गर्न अपनाइएका अभ्यास, प्राप्त अनुभव र बजेट व्यवस्थापनका चुनौतीलगायतका विषयमा धारणा राख्नुभएको थियो।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि नैना रुचाल र विष्णुप्रसाद पौडेलले पनि कार्यक्रममा मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका पदाधिकारी तथा कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, ज्येष्ठ नागरिक, नागरिक समाज तथा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको छ।

दुईदिने समीक्षा कार्यक्रमबाट जिल्लामा हालसम्म सञ्चालन भएका योजना तथा कार्यक्रमको समीक्षा गरी प्राप्त निष्कर्षका आधारमा आगामी योजना तथा कार्यक्रमलाई अगाडि बढाइने जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले बताउनुभयो।

जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा भएको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला समन्वय समितिकी उपप्रमुख सावित्रा राईले राख्नुभएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖