धनकुटाको यी क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने

धनकुटा । नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले शनिबार महालक्ष्मी नगरपालिकाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ११ केभी जितपुर फिडरअन्तर्गत जितपुरदेखि आन्द्रुङतर्फ जाने विद्युत् लाइनको वरिपरि रहेका रुखका हाँगा, बाँस तथा झाडी कटान गर्ने कार्य गरिनेछ।

त्यसैगरी, विद्युत् लाइनको डिक्स र पिन बदल्ने तथा जम्पर कस्ने कामसमेत गर्नुपर्ने भएकाले महालक्ष्मी नगरपालिका–७ का लुम्ली, ढिडी, साफु, आन्द्रुङ, बडहरे, सान्नेटार, हलेदे र बैकुण्ठेलगायतका स्थानमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् सेवा सुचारु गरिने जानकारी दिँदै प्राधिकरणले सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖