धनकुटाका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने
धनकुटा । नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले आइतबार पाख्रीबासदेखि मुगासम्मका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म ११ केभी पाख्रीबास फिडरअन्तर्गत विद्युत् लाइनको आसपास रहेका रुखका हाँगा, बाँस तथा झाडी कटान गर्ने र विद्युत् लाइनका डिस्क, पिन बदल्ने तथा जम्पर कस्ने काम गरिनेछ।
उक्त अवधिमा मुगा, भुन्टेडाँडा, घामेलगायतका स्थानमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
निर्धारित समयअघि नै काम सम्पन्न भएमा विद्युत् सेवा पनि सोहीअनुसार अगाडि नै सञ्चालन गरिने जनाइएको छ। सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।


