धनकुटामा हिन्दू स्वयंसेवक संघको प्रारम्भिक वर्ग सम्पन्न, ६० विद्यार्थी सहभागी

धनकुटा,२५ असोज । हिन्दू स्वयंसेवक संघ, नेपाल कोशी सम्भाग धनकुटाको आयोजनामा सञ्चालित तीनदिने प्रारम्भिक वर्ग २०८३ सम्पन्न भएको छ।

धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिरमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको वर्गमा १३ वर्षभन्दा माथिका विभिन्न विद्यालयका ६० जना विद्यार्थी सहभागी भएका थिए।

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) कल्याणकुमार तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवाससहित हिन्दू स्वयंसेवक संघका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

हिन्दू स्वयंसेवक संघ धनकुटाका सहसचिव भेषराज कटेलको अध्यक्षतामा सम्पन्न वर्गमा सहभागी विद्यार्थीलाई अनुशासन, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा स्वयंसेवी भावनासम्बन्धी प्रशिक्षण दिइएको कटेलले जानकारी दिए।

तीन दिनसम्म सञ्चालन भएको प्रशिक्षणले विद्यार्थीमा सामाजिक सद्भाव, नैतिक मूल्य, नेतृत्व क्षमता र सेवाभाव विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ। विद्यार्थीलाई समाजप्रति जिम्मेवार बनाउँदै सकारात्मक सामाजिक गतिविधिमा प्रेरित गर्ने उद्देश्यले वर्ग सञ्चालन गरिएको कटेलले बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖