धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन, दुई होटललाई ३० हजार रुपैयाँ जरिवाना, म्याद नाघेका खाद्य सामग्री नष्ट

धनकुटा । चाडपर्वको समयमा उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यले धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिदुवा र नुनथलाका होटलहरूमा अनुगमन गरिएको छ ।

कोशी राजमार्गअन्तर्गत यात्रुहरू खाना खान रोकिने नुनथला डाँडा र सिदुवाका ११ वटा होटलमा गरिएको अनुगमनका क्रममा विभिन्न कैफियत फेला परेपछि दुई होटललाई जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिदुवा प्रहरी चौकी, उद्योग वाणिज्य संघ र छथरजोरपाटी गाउँपालिका वडा नम्बर ६ को संयुक्त टोलीले गरेको अनुगमनका क्रममा बिलबिजक जारी नगर्ने, दर्ता नगरी होटल सञ्चालन गर्ने, सरसफाइमा कमी गर्ने तथा म्याद नाघेका पेय पदार्थ बिक्रीका लागि राख्ने गरेको पाइएको हो ।

अनुगमनका क्रममा कैफियत भेटिएका दुई होटललाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । यस्तै, होटलहरूमा बिक्रीका लागि राखिएका १ हजार ३ सय ४० रुपैयाँ बराबरका म्याद नाघेका स्न्याक्सलगायत खाद्य सामग्रीसमेत नष्ट गरिएको छ ।

टोलीले अन्य होटल सञ्चालकलाई भान्साको सरसफाइमा विशेष ध्यान दिन, तरकारी काट्न काठ वा स्टिलका चपिङ बोर्ड प्रयोग गर्न तथा चुलो, पानीको धारा र भाँडाकुँडा सफा राख्न निर्देशन दिएको छ ।

चाडपर्वका बेला होटल तथा खाद्य व्यवसायमा हुने सम्भावित लापरबाही नियन्त्रण गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन अनुगमन गरिएको जनाइएको छ । साथै, होटल सञ्चालकलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन आग्रह गरिएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुस्पलाल धमला , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी प्रमुख अमृता राई, प्राविधिक सुशील कोइराला, वीरेन्द्रकुमार दास, सिदुवा प्रहरी चौकीका प्रमुख भालबहादुर कट्टुवाल, रवि सरदार, वडा सदस्य विश्व श्रेष्ठ, उद्योग वाणिज्य संघका सदस्य मदन खुलाल, जिल्ला प्रशासन कार्यालयका सोम श्रेष्ठ तथा सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖