पाख्रीबासमा निर्माणाधीन राधाकृष्ण मन्दिरको गजुर प्रतिस्थापन सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित सिमसार बौद्ध मूर्तिनजिकै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भइरहेको राधाकृष्ण मन्दिरको गजुर प्रतिस्थापन कार्य सम्पन्न भएको छ।

असोज २५ गते सम्पन्न गजुर प्रतिस्थापनका लागि पाख्रीबास–४ निवासी व्यवसायी दिलबहादुर श्रेष्ठले आफ्नो परिवारका तर्फबाट स्वर्गीय पिता धनबहादुर श्रेष्ठ र स्वर्गीय माता पवित्रामाया श्रेष्ठको स्मृतिमा मन्दिरलाई गजुर प्रदान गरेका हुन्।

राधाकृष्ण मन्दिर निर्माण समितिका अध्यक्ष विष्णु विक्रम निरौलाले श्रेष्ठ परिवारले दिवंगत अभिभावकको स्मृतिमा गजुर प्रदान गरेको जानकारी दिए।

गजुर प्रतिस्थापन कार्यक्रममा पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

श्रीमद्भागवत प्रचार–प्रसार सेवा संघ, जिल्ला शाखा धनकुटाको अगुवाइमा उक्त मन्दिरको निर्माण कार्य गत साउन २६ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको हो। निर्माण सम्पन्न भएपछि मन्दिरले पाख्रीबासको धार्मिक तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖