धनकुटामा हराउँदै गएको परम्परा जोगाउन बेस्राङ–खर्वनीको संगमस्थल पिङडाँडामा लिङ्गे पिङ

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत पर्ने बेस्राङ र खर्वनीको संगमस्थल पिङडाँडामा बडादशैँ तथा शुभदीपावली विशेष लिङ्गे पिङ हालिएको छ।

बेस्राङ, खर्वनी र मलिनबोटेका सक्रिय युवाहरूको संयुक्त पहलमा परम्परागत लिङ्गे पिङ निर्माण गरिएको हो। हिन्दु नेपालीहरूको महान् चाड बडादशैँ नजिकिएसँगै गाउँदेखि शहरसम्म चाडपर्वको रौनक सुरु भएको छ। दशैँ मान्न परदेश गएकाहरु पनि गाउँघर फर्किन थालेका छन्।

दशैँमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुका साथै कम्तीमा ‘एकपटक धर्ती छाड्नैपर्छ’ भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको छ। सोही मान्यताका कारण गाउँघरमा लिङ्गे पिङ हाल्ने र खेल्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको हो।

तर, पछिल्लो समय प्रविधि र आधुनिकताको प्रभावका कारण यो मौलिक परम्परा संकटमा पर्न थालेको छ। केही वर्ष अघिसम्म दशैँ–तिहारको समयमा गाउँका कुनाकाप्चामा देखिने बाबियो र बाँसबाट निर्मित लिङ्गे पिङहरू अहिले दुर्लभ बन्दै गएका छन्।

दशैँ आउनुअघि गाउँभरिका युवाहरू संगठित भई बाबियो काट्न वन-जंगल जाने र फुलपाती अघि सामूहिक रूपमा बाबियो बाटेर बलियो लठारो तयार पार्ने गरिन्छ। तर पछिल्लो समय युवाहरुको पलायन, बाबियो काट्न जानेहरुको खस्किँदो रहर र आधुनिकताको प्रवेशसँगै बाबियोको लठारो बाटेर पिङ लगाउने चलन हराउँदै गएको छ। बडादशैँ तथा शुभदीपावलीलाई उल्लासमय बनाउने, गाउँघरबाट हराउँदै गएको परम्परागत संस्कृतिको संरक्षण गर्ने तथा आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले पिङ हालिएको युवाहरूले बताएका छन्।

स्थानीय युवाहरूले आगामी वर्षहरूमा पनि यस्ता सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदै गाउँको मौलिक परम्परा र संस्कृतिको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖