कोशी प्रदेशका स्वास्थ्य मन्त्रीद्वारा धनकुटाका विभिन्न प्रहरी चौकीको अनुगमन तथा निरीक्षण

धनकुटा । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले धनकुटा जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

मन्त्री पराजुलीले कात्तिक ६ गते शुक्रबार धनकुटा नगरपालिका–१ स्थित हिले प्रहरी चौकीबाट अनुगमन सुरु गर्नुभएको थियो। सो क्रममा उहाँले बिहान ९ बजेर १५ मिनेटदेखि १० बजेसम्म जोरपाटी प्रहरी चौकी, १० बजेर १५ मिनेटदेखि ११ बजेसम्म सिदुवा प्रहरी चौकी तथा ११ बजेर ३० मिनेटदेखि दिउँसो १२ बजेर ३० मिनेटसम्म जितपुर प्रहरी चौकीको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो।

त्यसैगरी, दिउँसो १ बजेर ३० मिनेटदेखि २ बजेसम्म लेगुवा प्रहरी चौकी र ३ बजेदेखि ३ बजेर ३० मिनेटसम्म पाख्रीबास प्रहरी चौकीको अनुगमन गर्नुभएको थियो। मन्त्री पराजुलीले बेलुका ५ बजेदेखि छिन्ताङस्थित इलाका प्रहरी कार्यालयको समेत अनुगमन तथा निरीक्षण गर्नुभएको हो।

अनुगमन तथा भेटघाटका क्रममा मन्त्री पराजुलीले प्रहरी कार्यालयहरूको अवस्था र कार्यसम्पादनबारे जानकारी लिनुभएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖