वीरगन्जबाट १ हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद

पर्सा, ९ कात्तिक । पर्साको वीरगन्जबाट प्रहरीले १ हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ। वीरगन्ज महानगरपालिका–५ भेडियाहीस्थित एक घरको टहरामा लुकाएर राखिएको अवस्थामा आइतबार दिउँसो प्रहरीले उक्त मदिरा बरामद गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले टहरामा लुकाइछिपाइ राखिएको ७० पोका तयारी घरेलु मदिरा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद मदिरा कानुनी प्रक्रिया पूरा गरी कार्यालयमा ल्याइएको र नष्ट गर्ने प्रक्रियामा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार अवैध रूपमा घरेलु मदिरा उत्पादन, बिक्री–वितरण तथा ओसारपसार गर्नु गैरकानुनी कार्य हो। मापदण्डविपरीत विभिन्न रसायन प्रयोग गरी उत्पादन गरिने मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ।

त्यस्तै, अवैध घरेलु मदिरा उत्पादन, बिक्री–वितरण वा ओसारपसार भइरहेको जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖