सुनसरीमा भन्सार छलीका ९८ हजार रुपैयाँका सामान बरामद

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी ल्याइँदै गरेका करिब ९८ हजार रुपैयाँ बराबरका इलेक्ट्रोनिक्स तथा भान्साका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान करिब ९ बजे देवानगञ्ज गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि भन्सार छली गरी ल्याउँदै गरेका सामान फालेर मोटरसाइकलसहित फरार भएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिनगरामा राखिएको छ। फरार मोटरसाइकल चालकको पहिचान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖