परिवारलाई समृद्ध बनाउने सपना अधुरै, बाकसमा फर्किंदै मनकुमार

तेजन खड्का/ उर्लाबारी, १२ कात्तिक। परिवारको आर्थिक अवस्था सुधार्ने र सुखद भविष्य निर्माण गर्ने सपना बोकेर कतार पुगेका मोरङको उर्लाबारी नगरपालिका–९, चक्रेटोलका ३३ वर्षीय मनकुमार लम्जेलको शव काठमाडौं आइपुगेको छ। उनको पार्थिव शरीर घर ल्याउने तयारी भइरहेको छ।

वैदेशिक रोजगारीका लागि परदेशिएका मनकुमारको कतारमा मृत्यु भएको हो। परिवारका अनुसार, उनी साँझ खसीको मासुसहित खाना खाएर सुतेका थिए। भोलिपल्ट बिहान ओछ्यानमै मृत अवस्थामा फेला परे। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

गत वर्ष दसैँ–तिहार परिवारसँग मनाएर कतार फर्किएका मनकुमारको असामयिक निधनले परिवारमा बज्रपात परेको छ। परिवारको खुसीका लागि परदेशिएका उनी बाकसमा फर्किनुपर्दा उर्लाबारी–९ को चक्रेटोल गाउँ शोकमा डुबेको छ।

मनकुमारको शव काठमाडौं आइपुगे पनि प्रतिकूल मौसम र वर्षाका कारण घर पुर्‍याउन ढिलाइ हुने भएको छ। उनकी दिदी अनु श्रेष्ठका अनुसार शव लिएर परिवार घर फर्किंदै छ।

‘भाइको शव लिएर घर फर्किंदै छौँ। मौसम खराब छ, पानी परिरहेको छ। भोलि बिहान १०–११ बजेसम्म आइपुग्छौँ होला,’ उनले मलिन स्वरमा भनिन्।

परिवारलाई समृद्ध बनाउने सपना बोकेर विदेशिएका मनकुमारको जीवन ३३ वर्षकै उमेरमा अन्त्य भएको छ। उनको निधनले परिवारले प्रिय सदस्य गुमाएको छ भने आफन्त र छरछिमेकी शोकमा परेका छन्।

परिवारको भविष्यका लागि परदेशमा श्रम गरेका मनकुमारको सपना अधुरै रह्यो। उनको पार्थिव शरीर घर आइपुग्ने प्रतीक्षामा रहेका आफन्तका लागि अब उनीसँग बिताएका क्षण नै सम्झनाको सहारा बन्नेछन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖