भारतीय विदेश सचिव मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

काठमाडौं, १८ कात्तिक । भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार बिहान मात्रै काठमाडौं आइपुगेका मिश्रीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।

सो अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने तथा दुई देशबीचको सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नेलगायतका विभिन्न विषयहरूमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरेका छन् । दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएकाे थियाे ।

सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आसन्न भारत भ्रमणलगायतको विषयमा छलफल गर्ने भएका छन् । बालेन आगामी मंसिर ६ र ७ गते भारतकाे भ्रमणमा जाने तय भएकाे छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖