जनकपुरधाममा १२ किलोमिटर भूमिगत विद्युत् लाइन विस्तार सुरु, सहरको स्वरूप बदलिने अपेक्षा

सञ्जय मिश्रा/रौतहट, १८ कात्तिक । धार्मिक तथा ऐतिहासिक नगरी तथा मधेश प्रदेशको राजधानी जनकपुरधामको विद्युत् पूर्वाधारलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यसहित १२ किलोमिटर भूमिगत विद्युत् लाइन विस्तारको काम सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिरसहित सार्वजनिक गरेको जानकारीअनुसार, पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिकाका दुई प्रमुख क्षेत्रमा भूमिगत विद्युत् लाइन बिछ्याउने कार्य अघि बढाइएको हो।

सांसद झाका अनुसार रामानन्द चोकदेखि रेल्वे स्टेसन गेटसम्म र जनक चोकदेखि राम मन्दिरसम्म ११ केभी क्षमताको भूमिगत विद्युत् लाइन विस्तार गरिनेछ। यसका लागि आफूले विशेष पहल गरेको उनको भनाइ छ।

यो परियोजना सम्पन्न भएपछि सडक किनारमा अव्यवस्थित रूपमा रहेका विद्युत् तारको समस्या कम हुनुका साथै सहरको सौन्दर्यमा समेत सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। त्यस्तै, खुला तारका कारण हुने सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न र विद्युत् सेवालाई थप सुरक्षित तथा भरपर्दो बनाउन पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

जनकपुरधाम धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित रहेकाले यहाँको सहरी पूर्वाधारलाई आधुनिक बनाउने यो पहललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

सांसद झाले जनकपुरधामको दिगो सहरी विकास र आधुनिक पूर्वाधार निर्माणका लागि यस्ता योजनालाई आगामी दिनमा पनि निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖