आइजिपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की
काठमाडौं, १९ कात्तिक । आईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआइजिपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले आईजीपीबाट हटाएपछि पुनर्बहालीको माग गर्दै उनी बिहीबार सर्वोच्च पुगेका हुन् ।
कार्कीले आफ्नो पदावधि १७ महिना बाँकी छँदै नियम र कानुनविपर्ीत पदबाट हटाएको भन्दै उनले रिट निवेदन दिन लागेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले १५ मिनेटको समयभित्रै मन्त्रिपरिषद् बैठक राखेर बुधबार कार्कीलाई हटाउँदै एआइजी मनोजकुमार केसीलाई आइजिपी नियुक्त गरेको थियो ।
कार्कीले बर्खास्त गर्ने कानुन नभएपछि सरकारले उनलाई पेण्डुलम बनाउन प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय विशेष सल्लाहकारको दरबन्दी सिर्जना गरिएको छ । ३० वर्षअघिको इतिहास दोहोर्याँउदै रास्वपा सरकारले बहालवाला आइजिपीको पद खोसेको हो ।


