ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, चालक फरार

रौतहट, १९ कात्तिक । सिरहामा बिहीबार बिहान भएको सडक दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै पुरुषको मृत्यु भएको हो।

सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा बिहान करिब १० बजे नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना१घ ५५३ नम्बरको ट्रक र स९प ७६५० नम्बरको मोटरसाइकलबीच ठक्कर भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएको थियो। तर, चिकित्सकले बिहान १० बजेर २५ मिनेटमा दुवैलाई मृत घोषणा गरेका थिए।

मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन्। फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖