दर्पण राईको ‘१४ फ्रेबुअरी’ ले प्रेमी प्रेमिकाहरुको मन जित्यो (भिडियो सहित)
भनिन्छ : माया , प्रेम भनेको प्राप्त गर्न सक्नु मात्र पनि होईन त्यसलाई गुमाउन सक्ने क्षमता हुनुपर्छ हरेक प्रेमी प्रेमिकाहरुको साथमा । विश्वभर प्रणय दिवसलाई सबैले मनाईसकेका छन् । दर्पण राईको कथा तथा निर्देशनमा बनेको भ्यालेनटाईन्सन डे विशेष ” १४ फ्रेबुअरी” ले साचो माया गर्नेहरुको मन जित्न सफल भएको छ । उनको कामलाई नेपाली दर्शकले खुलेर नै प्रशंसा गरेका छन् । पन्ध्र मिनेट लामो यस “१४ फ्रेबुअरी” साचो माया र प्रेममा परेकाहरुलाई लक्षित थियो । दर्पण राईले उठाएका कथावस्तुले नेपाली दर्शकको मन जित्न सफल भएका छन् ।
गीतकार तथा मोडल दर्पण राई निर्देशित यस सर्ट चलचित्रलाई आइतबार ९ फ्रेबुअरीमा पोखरामा भएको भ्यालेनटाईन्स डे विशेष “भ्यालेनटाईन्स स्पेसल ” नामक एक कार्यक्रममा राष्ट्रियस्तरका गायक राजेश पायल राई साथै अन्य दर्जनौं कलाकारका साथमा रिलिज गरिएको हो । यो चलचित्रले चर्चा बटुलिरहेको छ त्यो भन्दा पनि आवाज बिना नै प्रेममा भावनाहरु तरंगित गरेका पाटोलाई सबैले खुलेआम प्रशंसा गरेका छन् । यो चलचित्र सारा विश्वका मानिस प्रति लक्षित थियो भन्दा फरक नपर्ला किनभने संसारका हरेक मानिसले बुझ्न सक्छन । अन्य मुलुकका दर्शकले नेपाली भाषा नबुझ्न सक्दछन् तर यो चलचित्रमा आवाज नभएकोले सबैले बुझ्न सक्छन् । यस साइलेन्स सर्टमा चलचित्रमा दर्पण राई र सम्झना राईले आफ्नो दमदार अभिनय गरेका छन् । करिब १५ मिनेटमा सत्य प्रेममा के हुन्छ ? के हुन्न ? भन्ने स्पष्ट रुपमा दर्साएका छन् ।
एमएमएस इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘१४ फ्रेबुअरी’ का लागि म्युजिक गायक तथा संगीाकार विनय केटुले गरेका हुन् भने सम्पादन प्रेम शर्माले । ‘१४ फ्रेबुअरी’लाई एमएमएस इन्टरटेनमेन्टले नै आफ्नो यु–ट्युबमार्फत सार्वजनिक गरेको हो । यस चलचित्रलाई डम्मर राईले खिचेका हुन् ।
चलचित्रलाई “१४ फ्रेबुअरी ” नाम प्रदान गरिएको भएतापनि यो कथा हरेक दिन सकिने आम दर्शकले बताए । छोटो समयमा नै दर्शकको आखाँमा आशु खसाल्न बनाएको छ यो चलचित्रले । चलचित्रमा असफल प्रेम कथा भएको भएतापनि संसारका सबै मानिसको प्रेम सफल होस् भन्ने शुभकामना समेत दर्पण राईले दिएका छन् ।


