जीविकोपार्जनका लागि नगद वितरण

नगरकोट, ७ फागुन । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्प प्रभावितको जीविकोपार्जनका लागि शुक्रबारदेखि नगद वितरण सुरु गरेको छ ।

रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले चाँगुनारायण–१७ झौखेल निवासी एकल महिला गणेशमाया दनेखुलाई नमुना चेक हस्तान्तरण गरी नगद वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । चाँगुनारायण – ६ र १७ का दुई सय १२ परिवार भूकम्प प्रभावितलाई पहिलो किस्ता बैंक मार्फत वितरण गरियो ।

जिप्रका भक्तपुरले तोकिदिएको जिल्लाका विभिन्न नगरपालिकाका २१ वटा वडाको करिब तीन हजार एक सय घरधुरीलाई रु २० हजारका दरले नगद अनुदान सहयोग वितरण गर्ने कार्यक्रम छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।