स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चल्यो, ओलीले भित्र्याए सिन्धुलीमा दुईसय बढी नेता कार्यकर्ता

‘कुनै हालतमा संविधान संशोधन हुन दिइँदैन’

सिन्धुली, १२ फागुन । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

यो लहर विहिबार सिन्धुलीमा पनि देखियो । जहाँ विभिन्न पार्टीका दुई सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरे । पार्टी प्रवेश गर्नेमा कांग्रेस र माओवादीका जिल्ला नेतादेखि राप्रपाका कार्यकर्तासम्म छन् ।

नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको ३६ औं ऋषिराज देवकोटा स्मृति दिवस एवम् जिल्ला प्रतिनिधि परिषद् उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरे ।

‘कुनै हालतमा संविधान संशोधन हुन दिइँदैन’

कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्र र जनताको हितविपरीत संविधान संशोधन हुन नदिने बताए । अरुको इशारामा दलहरुले संविधान संशोधनको प्रस्ताव ल्याएको उनको आरोप थियो ।

संसदमा संविधान संशोधनको प्रस्तावलाई ल्याईएला तर कुनै पनि हालतमा एमालेले संविधान संशोधन प्रस्ताव पास गर्नै नदिने उनले दोहोर्याए ।

स्थानीय निकायको चुनाव हुन नदिनका लागि संविधान संशोधन अनावश्यकको विषय बनाइएको उनको भनाइ थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।