राजविराजमा एमाले शीर्ष नेताहरुको सामूहिक हत्या गर्ने षडयन्त्र थियो : एमाले (भिडियो सहित)

काठमाडौं, फागुन २४ । नेकपा एमालेले सप्तरीको राजविराजमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्या गर्ने प्रयास भएको दाबी गरेको छ ।

सोमबार सप्तरीमा भएको घटनाबारे मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले एमाले सभालाई तीनतिरबाट घेरा हाल्ने र हातहतियारसहित प्रवेश गरी आक्रमण गर्ने नियत रहेको दाबी गरेको हो ।

पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले मधेसी मोर्चाको जघन्य आपराधिक मानसिकताका कारण सप्तरी घटना भएको भन्दै ‘घटनामा गृहमन्त्री विमलेन्द्र निधिको भूमिकासमेत शंकास्पद’ रहेको बताए ।

एमालेले सप्तरी घटनाको सम्पूर्ण जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्ने पनि बताएको छ ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा राजविराजको औद्योगिक क्षेत्रमा आमसभा सम्पन्न गरेर राजमार्गतर्फ जानेक्रममा घेरा हालेर एमाले नेतृत्वमाथि आक्रमण गर्ने र सामूहिक हत्या गर्ने योजना रहेको दाबी गरिएको छ ।

एमालेले सप्तरी घटनाबाट गृहमन्त्री विमलेन्द्र निधिले उन्मुक्ति नपाउने जिकिर पनि गरेको छ ।

एमालेले घटनाको निश्पक्ष छानबिन गर्न र एमाले पार्टी कार्यालयहरुमा आगजनी गर्ने, कार्यकर्तालाई धम्क्याउने र अवरोध गर्नेहरुलाई कानुनी दायरामा ल्याउन पनि माग गरेको छ ।

एमालेले सप्तरी घटनापछि तीन दिनका लागि स्थगित गरिएको मेची–महाकाली अभियान फागुन २७ गतेदेखि हेटौंडाबाट अगाडि बढ्ने पनि जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖