वरिष्ट नेता नेपालले मोर्चालाई भने-‘कागले कान लग्यो भन्ने सुनेर कागको पछि नलाग्नुस्, पहिले कान छाम्नुस्’
नेपालगञ्ज, चैत १ । नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपालले मधेसी मोर्चालाई मधेसी मोर्चाले देश टुक्र्याउन खोजिरहेको तथा मधेसी र पहाडीबीच विभाजन ल्याउन खोजेको आरोप लगाए ।
मेची–महाकाली अभियान अन्तरगत मंगलबार नेपालगञ्जमा आयोजित सभामा बोल्दै उनले आफूहरुले अधिकार नपाएको भनेर जनविरोधी शक्तिहरुले भ्रम फैलाइरहेको नेता नेपालले दाबी गरे ।
उनले भने, ‘कागले कान लग्यो भन्ने सुनेर कागको पछि नलाग्नुस् । पहिले कान छान्नुस् ।’ आजको एभरेष्ट दैनिकमा खबर छ ।

नेता नेपालले मधेसी नेताहरुले भारतको पक्ष लिएकोमा असन्तुष्टि जनाए । नेपाली भूमिमा भारतीय सीमा प्रहरीले नेपली को हत्या गर्दा पनि मोर्चाका नेताहरु चुप बस्नुले उहाँहरु विदेशी इशारामा चलेको उनले आरोप लगाए । ‘उहाँहरु खुलेआम विदेशीको चाकडी गरिरहनुभएको छ । नेपाल र नेपालीको पक्षमा उभिने आँट उहाँहरुसँग छैन,’ उनले भने ।
देशका अरु पार्टीलाई चुनाव जितेमा देशले सुख नपाउने भन्दै उनले एमालेलाई भोट दिन आह्वान गरे ।


