उर्लदो बैश: ज्योति मगरको यो हदैको अश्लिलता के पचाउँला त नेपाली बजारले ? (भिडियो सहित)

दर्जनौं नेपाली लोक तथा दोहरी गीतमा आफ्नो आवाज दिएका गायक नमराज पाण्डे पछिल्लो समयमा अश्लील गीत र कमेडीहरु बनाउने कलाकार भनेर चिनिन थालेका छन् । राम्रा र मनछुने गीतहरू बनाउने भन्दापनि कसरी चर्चामा आउन सकिन्छ भनेर अश्लील गीत र भिडियो बनाएको प्रस्ट हुन्छ ।

२०६६ सालबाट सांगीतिक क्षेत्रमा लागेका गायक पाण्डले एक्लो जीवन काट्नै गारोे दिल भित्र कि माली, पापी दुनियाँ, आशु धाराले, नक्कली मा परियो, तिम्रो कुरा अन्तै चलेसी गीतहरू त गाए तर व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा टिक्न र चर्चामा आउन सकेनन् । चर्चामा नआएपछि उनले रिन्ले टुप्पी बीके, भैसी साटेझैँ बुढी साट्न मिल्नि भए, तेरि स्वास्नी पोहिल गै भन्ने बोलको गीत बजारमा त ल्याए तर निकै वितादित बन्यो । भैसी साटेझैँ तिजको गीतबाट विवादमा आएका पाण्डे २ दर्जन भन्दा बढी गीत र कमेडीको भूमिकामा देखिएका छन् ।

अहिले रिलिज भएको उर्लदो बैश नामक गीतमा खुमन अधिकारी र नुर गुरुङलेस्वार भरेका छन् भने विनोद पाण्डेले शब्द सङ्गीत गरेका छन् । ज्योति मगरसँग कमेडीको रूपमा प्रस्तुत भएका नमराज पाण्डे यो गीतको म्युजिक भिडियो पनि वितादित बन्ने पक्का छ । ज्योति मगर अर्धनग्न भएर चर्चामा आईन् भने नमराज छाडा शब्द र विकृति आउने गीत गाएर चर्चामा आउन खोजेका छन् ।अझ पछिल्लो समयमा ज्योति मगरसँग केही गीतमा अभिनय गरेर आफू अझ चर्चा बटुल्न खोजेका नमराजले ज्योति मगर सँगको साथ टिक्ला या नटिक्ला त्यो श्रोता दर्शकको हातमा छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।