चुनाव चिन्ह हलो कि गाई ? भन्ने विवादका कारण राप्रपा फुट्यो : दीपेन्द्रकी प्रेमिका उपाध्यक्ष बन्दै

काठमाडौं, १४ चैत । गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । पार्टीको नाम एकीकृत राप्रपा राखिएको छ । चुनाव चिन्ह पुरानै कायम गरिएको छ । चुनाव चिन्ह हलो कि गाई ? भन्ने विवादका कारण राप्रपा फुटेको हो ।

डा.लोहनी नेतृत्वको राप्रपाले चुनाव चिनह हलो कायम गरेको छ । तर निर्वाचन आयोगले निर्णय गर्न भने बाँकी छ ।

नवगठित राप्रपाका केन्द्रीय सदस्य तथा प्रेस संयोजक महेश्वर रोकायका अनुसार बुधबार साँझ १० देखि १२ बजेसम्मको शुभसाइतमा निर्वाचन आयोगमा गएर पार्टीलाई विधिवत् रुपमा दर्ता गरिनेछ ।

नवगठित राप्रपामा केशरबहादुर विष्ट, गणेश शेरचन, सगुन लावती, बालकृष्ण न्यौपाने, दिलविकास राजभण्डारीलगायतका समूह पनि समेटिएका छन् ।

स्थानीय तहको निर्वाचन सम्मुख आइसकेको र टिकट नपाउने जति नवगठित राप्रपामा जान सक्ने सम्भावनाका कारण कमल थापाले नयाँ रणनीति अवलम्बन गरेका छन् ।

पशुपतिशम्शेर राणा, लोकेन्द्रबहादुर चन्दलाई कुनै हालतमा पनि नवगठित राप्रपामा जान नदिने रणनीति कमल थापाको छ ।

यसका लागि उनले पशुपति शम्शेर राणाकी छोरी देवयानी राणालाई केन्द्रीय सदस्य मनोनीत गरेर उपसभापतिको जिम्मेवारी दिने आश्वासन दिएका छन् भने लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा अरुणलाई केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।