प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेकी छिन्।

बैठक सुरु भएपछि एमाले सांसद गंगालाल तुलाधरले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन विपरीत स्थानीय तहको संख्या बढाउने सम्बन्धमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र जारी गरेको भन्दै विरोध जनाएका थिए।

तुलाधरले यसबाट निर्वाचनको वातावरण भाँडिने तर्क गर्दै सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने बताए।

सभामुखले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे पनि एमाले सांसदहरु आफ्नो स्थानमा उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖